• November 28, 2020

वडाध्यक्ष आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि

 वडाध्यक्ष आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


विरानगर / विरानगर महानगरपालिका–५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनी कोरोना संक्रमित हुने विराटनगरका दोस्रो जनप्रतिनिधि हुन् । उनीसहित परिवारका तीन जनालाई शुक्रबार साँझ कोरोना देखिएको हो ।

संक्रमित हुने परिवारका सदस्यमा आचार्यका १४ र ९ वर्षका छोरा छन् । आचार्यले आफूलाई कोरोना संक्रमण देखिएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई तत्काल पीसीआर परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

छोरालाई ज्वरो आएपछि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि दिएकोमा परिवारका तीन जनामा कोरोना देखिएको जानकारी उनले दिए । श्रीमतीको भने रिपोर्ट केही दिनअघि नेगेटिभ आएको छ ।

यसअघि विराटनगर –२ का वडाध्यक्ष कुमार पोखरेललाई पनि कोरोना संक्रमण देखिएको थियो ।

विराटनगरमा एक हजार तीन सय १८ जनालाई हालसम्म संक्रमण पुष्टि भइसकेको महानगरपालिकाले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post