• September 30, 2020

कोरोका भाइरसका कारण विश्वभर नौ लाख २० हजारभन्दा बढीको मृत्यु

 कोरोका भाइरसका कारण विश्वभर नौ लाख २० हजारभन्दा बढीको मृत्यु
मनपरे शेयर गरौ ! 

झापा / विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । 

अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने दुई करोड पाँच लाख ९४ हजार ८८४ पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

हाल विश्वमा ७१ लाख ६४ हजार १६४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

त्यसैगरी ६० हजार ८९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ । 

 

मनपरे शेयर गरौ ! 

Related post