देशभर १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

झापा / पछिल्लो २४ घण्टामा देशभर १२०१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमित हुनेको संख्या ५२ हजार १२० पुगेको छ ।
१० हजार १०६ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय १६ महिला र ७८५ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि काठमाण्डौंमा शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।