• September 28, 2020

कोरोना भाइरसका कारण विराटनगरमा एक पुरुषको मृत्यु

 कोरोना भाइरसका कारण विराटनगरमा एक पुरुषको मृत्यु
मनपरे शेयर गरौ ! 


विराटनगर / विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

उनमा सुगर र प्रेसरसम्बन्धी दिर्घरोग समेत रहेको बताइएको छ । उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

विराटनगर महानगरपालिका ८ का ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो ।

उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post