• September 28, 2020

कोरोना संक्रमित ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु

 कोरोना संक्रमित ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / मोरङका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा एक ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कुनै दीर्घ रोग नभएका मोरङको धनपालथान–६ का ती पुरुषको आइतबार राति ८ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

यसअघि आइतबार दिउँसो बिराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post