• September 28, 2020

जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णयको सर्वोच्चद्वारा रोक

 जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णयको सर्वोच्चद्वारा रोक
मनपरे शेयर गरौ ! 


झापा / जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारले गरेको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

अदालतले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सरकारले कित्ताकाट फुकुवा गरेको १२ दिनपछि सर्वोच्चको यस्तो आदेश आएको हो ।

अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

२०७४ साउन २६ गते मन्त्रीस्तरको निर्णयले जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले नै कित्ताकाट फकुवा गरेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post