• September 28, 2020

कोरोना बीमाको नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार पाउने

 कोरोना बीमाको नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार पाउने
मनपरे शेयर गरौ ! 

काठमाडौं / बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ ।
नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ २५ हजार मात्र दिने भएको छ ।
आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइनेछ ।

समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् ।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो ।

तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

सोमबारबाट समितिले नयाँ बीमितहरुलाई लागू हुने गरी नयाँ मापदण्ड ल्याएको छ ।
बीमा समितिले उक्त मापदण्ड संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने व्यवस्था गरेको छ ।

तर बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ ।

मानौं, कुनै बीमित कोरोना संक्रमित भएर घरमै आइसोलेसन बसे राहत खर्च बापत २५ प्रतिशत रकम अर्थात (एक लाखको बीमा गरेको भए २५ हजार रुपैयाँ) पाउनेछ ।

यदि बीमित संक्रमित अस्पताल भर्ना हुनु परेमा चिकित्सकले प्रमाणित गरेको बिल भपाई पेश गरेमा अस्पताल भर्ना खर्च बापत अधिकतम् ७५ प्रतिशतसम्म अर्थात बाँकी ७५ हजार रुपैयाँसम्म पाउन सक्नेछन् । अनलाइनखबरबाट

मनपरे शेयर गरौ ! 

Related post