• September 28, 2020

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतिसहित दुई जना पक्राउ

 प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतिसहित दुई जना पक्राउ
मनपरे शेयर गरौ ! 

नवलपरासी / गैंडाकोट नगरपालिका–१८ हुर्चिलका धनबहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

४२ वर्षीय मगरको हत्या अभियोगमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४० वर्षीय मेखबहादुर सुनारी मगर पक्राउ परेका हुन् ।

२०७६ असार २० गते राति उनीहरु दुबै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको भन्ने खबर सोमबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

आफ्नै घरमा सुतीरहेका धनबहादुरलाई उनीहरुले हम्मरले संवेदनशील अंगमा प्रहार गरी घाँटीमा डोरीले बाधी हत्या गरेपश्चात मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा खाल्टो खनेर पुरेका थिए ।

साथै उनीहरुको बयानको आधारमा शव पुरेको भनिएको ठाउँमा उत्खनन् गर्दा सडेको अवस्थामा मानब कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post