• September 28, 2020

देशभर १ हजार ५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि

 देशभर १ हजार ५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 

झापा / देशभरको प्रयोगशालाको नमुना संकलन गर्दा पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५३९ जनाका कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

देशभर विभिन्न प्रयोगशालामा १० हजार ४९४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post