• September 20, 2020

पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी महिलाको मृत्यु, मृत्युपछि कोरोना संक्रमण पुष्टि

 पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी महिलाको मृत्यु, मृत्युपछि कोरोना संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


झापा / मोरङ बेलबारी नगरपालिकाकी एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

पित्तथैलीको शल्यक्रियाका लागि विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएकी बेलबारी ७ बाहुनी ६४ वर्षीय महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

ती महिला २८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । अत्यधिक पेट दुख्ने समस्या देखिएपछि भर्ना भएकी उनको पित्तथैलीमा पत्थरी देखिएको थियो ।

अस्पतालले शल्यक्रिया गर्नुअघि कोरोना संक्रमण परीक्षण गर्नुपर्ने बतायो । पीसीआर परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको थियो ।

तर, रिपोर्ट नआउँदै मंगलबार राति महिलाको मृत्यु भएको हो । बुधबार रिपोर्ट आउँदा उनको कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै मोरङको बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

मनपरे शेयर गरौ ! 

Related post