हल्दिबारीका ६८७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ, संक्रमित १४ मध्ये सबै निको

बिर्तामोड / २९ भदौमा स्वाब संकलन गरेको हल्दिबारी गाउँपालिकाका ४१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाब लिइएका ४१ मध्ये क्वारेन्टाइनमा रहेका १३ जना थिए भने अन्य स्थानीयको कन्ट्याक ट्रेसिङबाट स्वाब लिइएको हल्दिबारी स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।
निरौलाका अनुसार त्यसमा जनप्रतिनिधिको पनि पीसीआर सेम्पल लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
हल्दिबारी गाउँपालिकाको हालसम्मको १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
पोजेटिभ मध्ये १४ जना नै निको भएर घर फर्केको प्रमुख निरौलाले जनाएका छन् । अहिले हल्दिबारमिा कोरोनाको कुनै पनि सक्रिय केश छैन ।
हल्दिबारीमा हालसम्म ७००जनाको पीसीआर परिक्षण गरिएकोमा ६८७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
१३ जना हल्दिबारी बासीमा कोरोना संक्रमण देखिएको थियो भने १ जना बाहिरका थिए ।