• October 29, 2020

आइसिडि हल्दिबारी गाउँ कमिटि अध्यक्षमा खतिवडा

 आइसिडि हल्दिबारी गाउँ कमिटि अध्यक्षमा खतिवडा
मनपरे शेयर गरौ ! 

हल्दिबारी / इन्स्टिच्युट अफ क्रिटिकल डाइलग (आइ सिडि) माक्र्सवाद अध्ययन केन्द्रको हल्दिबारी गाउँपालिका कमिटी गठन भएको छ ।

हल्दिबारीका युवा तथा अभियन्ता अबिशेक खतिवडाको अध्यक्षतामा आइसीडी कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा भावना पुरी , सचिव बिजय राई , सहसचिव अनुषा भण्डारी र कोषाध्यक्षमा सबिन कार्की रहेका छन् ।

कमिटीको सदस्यमा बिबेक पुरी , देव अधिकारी ,बिबेक खतिवडा , स्वस्तिका राउत , केदार बन र सोमराज गिरी रहेको आइ.सि.डि हल्दिबारी गाउँपालिका इन्चार्ज बलराम गिरीले जानकारी दिए ।

झापा जिल्लाको माक्सवाद अध्ययन केन्द्रले झापा हल्दिबारी गाउँ कमिटीको अध्यक्षमा खतिवडालाइ मनोनित गरेको छ ।

विद्यार्थी लाई माक्र्सवादको बिषय बुझाउन कमिटी गठन गर्न सुरु गरिएको बताइएको छ । यो पछि क्रमशः केन्द्र , प्रदेश, क्षेत्र, जिल्ला हुँदै विभिन्न पालिकामा गठन गर्दै जाने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post