• January 20, 2021

गीतकार दुर्गाप्रसाद कडरियाको ‘मुटुभित्र राख्छु तिमिलाई ‘ भिडियो सार्वजनिक

 गीतकार दुर्गाप्रसाद कडरियाको ‘मुटुभित्र राख्छु तिमिलाई ‘ भिडियो सार्वजनिक
मनपरे शेयर गरौ ! 


झापा / प्रेमिल भाव बोकेको मुटुभित्रै राख्छु तिमिलाई गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल आइडल ३ का फस्ट रनरअप गायक प्रविण बेडवालको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गाउँले परिवेशलाई समेटेर गीतको भिडियो निर्माण गएिको छ ।

भिडियोले गाउँले परिवेशको माया प्रेमलाई मार्मिक ढंगले पस्केको छ । भिडियोमा कलाकार नवराज सिंह खड्का र प्रतिशा रिजालले मुख्य भूमिका खेलेका छन् ।

‘मुटु भित्रै राख्छु तिमीलाई’ गीतमा दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ ।

भिडियोको सम्पूर्ण जिम्मा कैलाश रेग्मीले लिएका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । भिडियोको निर्माता गीतकार कडरिया स्वयम् रहेका छन् भने रचना पनि उनकै हो ।

रिकेश बज्राचार्यले निर्देशन गरेको भिडियोलाई बिकासले क्यामेरामा कैद गरेका छन् भने कवल विश्वासले ड्रोन उडाएका छन् । बृज त्रिएसन इटहरीले बजारमा ल्याएको भिडियोमा तहल्काखबर डटकम र सोचखबर मिडिया पार्टनर रहेका छन् ।

गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा सांगितिक कोशेली बजारमा ल्याईसकेका छन् ।

गीतकार कडरियाका दुईवटा लिरिकल भिडियो र पाँचवटा म्यूजिक भिडियो सार्वजनिक भईसकेका छन् ।

कडरियाको यो मयूजिक भिडियो पनि दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

भिडियो

मनपरे शेयर गरौ ! 

Related post