बिर्तामोडबाट ब्राउनसुगर सहित २ जना पक्राउ

झापा / झापाको बिर्तामोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन ।
मंगलबार साँझ विशेष सुराकीका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउपर्नेहरुमा कचनकवल गाउँपालिका घर भएका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नरबहादुर राजवंशी रहेका छन ।
नियन्त्रण पश्चात उनीहरुमाथि प्रहरीले चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको कार्यालयले जनाएको छ ।
साथै उनीहरुको साथबाट नगद ९ हजार रुपैंया समेत बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको बताइएको छ ।