• October 29, 2020

झापामा कोरोनाका १० जना नयाँ बिरामी थपिए

 झापामा कोरोनाका १० जना नयाँ बिरामी थपिए
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापाका ६ स्थानीय तहमा बुधबार कोरोना भाइरसका १० जना नयाँ संक्रमित थपिएका छन । यससंगै जिल्लामा संक्रमितको संख्या ८७० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज थपिएकामा गौरादह ७ का २२ बर्षिय एक पुरुष, कचनकवल- ७ का एक पुरुष, झापा गाउँपालिका २ का एक पुरुष, विर्तामोड ४ र ५ का दुई महिलासहित तीन जना, भद्रपुर ५ का एक पुरुष र एक महिला र मेचीनगरका एक महिला र एक पुरुष रहेका छन ।

गौरादहका संक्रमित ति युवकको काठमाडौंस्थित टेकु अस्पतालमा स्वाव संकलन भएको थियो । मेचीनगरका दुवै जना भारतबाट फर्किएका हुन ।

यससंगै झापामा संक्रमितको संख्या ८७० पुगेको छ भने ७८४ जना उपचारपछि डिस्चार्ज गरिएका छन ।

मनपरे शेयर गरौ ! 

Related post