• October 29, 2020

कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४९८ पुग्यो

 कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४९८ पुग्यो
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ सय ९८ पुगेको हो ।

मृत्यु हुनेमा काठमाडौंमा २ महिला र १ पुरुष, सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीमा १र१ पुरुष छन् ।
संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशत शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

नेपालमा बुधबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
जसमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किसकेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post