• June 20, 2021

बिर्तामोडमा मरेको माछा बिक्रीमा रोक

 बिर्तामोडमा मरेको माछा बिक्रीमा रोक
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखेर मरेका माछा बिक्री बितरणमा रोक लगाएको छ ।

नगरपालिकाको आज बसेको बैठकले नगरमा त्यस्ता सडेगलेका माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

बिर्तामोडमा भारत र बंगलादेशबाट बरफमा पोको पारेर ल्याइएका माछा बिक्री हुने गरेको छ ।

बिषादीमुक्त नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री बितरणमा रोक लगाउने निर्णय गरेको बिर्तामोड नगरपालिकाको प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

नगरपालिकाले आज एक सूचना जारी गरी रसायन प्रयोग गरिएका, सडेगलेका माछा बजारमा निर्बाध रुपमा बिक्री भैरहेकाले त्यस्ता माछाको बिक्री वितरण नगर्न सूचित गर्दै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सबैले त्यसबाट सचेत बन्न आग्रह गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग