• October 29, 2020

कोरोना संक्रमित हालसम्मकै उच्च, संक्रमितको संख्या ९४ हजार २५३ पुग्यो

 कोरोना संक्रमित हालसम्मकै उच्च, संक्रमितको संख्या ९४ हजार २५३ पुग्यो
मनपरे शेयर गरौ ! 

झापा / पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post