• October 29, 2020

कोभिड अस्पताल धरानमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

 कोभिड अस्पताल धरानमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका तीन र झापाका एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

झापाको दमक नगरपालिका–१ का ५२ वर्षीय संक्रमितको बिहीबार मृत्यु भएको हो । असोज १८ गते कोभिड अस्पताल भर्ना भएका दमकका संक्रमितको बिहीबार बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।

इटहरीका संक्रमितलाई ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज २२ गते अस्पताल ल्याइएको थियो ।

त्यस्तै दुहबीका संक्रमित असोज १२ गते भर्ना भएका थिए । इटहरीका पुरुषमा कुनै दीर्घरोग नदेखिएको तर दुहबीका पुरुष लामो समयदेखि मृगौला रोगले पीडित रहेको अस्पतालले जनाएको छ ।

यसै गरी धरान उपमहानगरपालिका–८ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठका अनुसार उनीहरूको मृत्यु भएको जानकारी सार्वजनिक गर्न प्राविधिक कारणले ढिलाइ भएको हो ।

मनपरे शेयर गरौ ! 

Related post