• October 29, 2020

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु , मृतकको संख्या ६०० पुग्यो

 कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु , मृतकको संख्या ६०० पुग्यो
मनपरे शेयर गरौ ! 


झापा / कोरोना संक्रमणबाट गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

मृतकमा १ जना महिला र ९ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषहरूमा झापाका २९ वर्षीय र ५२ वर्षीय, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय, काठमाडौँका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ वर्षीय, ८४ वर्षीय र महिलामा काठमाडौँकी ८७ वर्षीया छन् ।

मनपरे शेयर गरौ ! 

Related post