• October 29, 2020

बिर्तामोडका तीन वडा तीन दिनका लागि बन्द

 बिर्तामोडका तीन वडा तीन दिनका लागि बन्द
मनपरे शेयर गरौ ! 


बिर्तामोड / कोरोना संक्रमितका आफन्त कार्यालयमा आई घुलमिल गरेको जनाउँदै बिर्तामोड नगरपालिकाका तीनवटा वडा कार्यालयको सेवा सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

कोरोना संक्रमितका परिवारका सदस्य कार्यालयमा आएको र अरु व्यक्तिसँग घुलमेल गरेकोले तीनदिनका लागि वडाका दैनिक कामकाज बन्द गर्नु परेको बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठकले जानकारी दिइन् ।

गरामनी बजारमा रहेको संयुक्त वडा कार्यालय मार्फत ७ , ८ र ९ वडाको कामकाज चल्दै आएको छ ।

संक्रमितका परिवारका सदस्य कार्यालयमा आएको खुलेपछि तीन दिनका लागि कार्यालय र सेवा बन्द गरिएको हो ।

विराटनगरको नोवेल हस्पिटलमा मिर्गौला सम्बन्धी समस्याको उपचार गराइरकेका बिर्तामोड ९ का एक व्यक्तिलाई आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलनको काम चलिरहँदा संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यहरु आइतबार दिउँसो संयुक्त वडा कार्यालय गएका थिए ।

नगरपालिकासँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङसम्मका लागि कार्यालय बन्द गरिएको वडाध्यक्ष पाठकले बताएकी छन् ।

मनपरे शेयर गरौ ! 

Related post