• October 29, 2020

माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु, एकजना घाइते

 माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु, एकजना घाइते
मनपरे शेयर गरौ ! 


बिर्तामोड / आफ्नै घर अगाडि नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा बिर्तामोड नगरपालिका–१० मा एक जनाको मृत्यु भएको छ । अर्को एकजना घाइते भएका छन् ।

बिर्तामोड –१० चमरधापमा पाँचथर फिदिमबाट आई बस्दै आएका २४ वर्षीय शिव तुम्बाहाम्फेको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिक पैनीमा करेन्ट लगाएर माछा मार्न लागेका स्थानीय हरिप्रसाद रिमाल करेन्ट लागेर लडेपछि बचाउने क्रममा तुम्बाहाम्फेको मृत्यु भएको हो ।

उनको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते रिमालको अवस्था सामानय रहेको प्रहरीले जनाएको छ । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

कानुनी प्रक्रियापछि शव पोष्टमार्टमका लागि मेची अञ्चल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ

मनपरे शेयर गरौ ! 

Related post