• October 29, 2020

अभिषेक चौधरीको हत्या आरोपी पक्राउ

 अभिषेक चौधरीको हत्या आरोपी पक्राउ
मनपरे शेयर गरौ ! 


झापा / झापाको कनकाई नगरपालिकाका अभिषेक चौधरीको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

आज विहान पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न कनपा–७ का २२ वर्षीय रविन राजवंशी ( टुल्के ) लाई सार्वजनिक गरेको हो ।

आफनै साथी कनकाई नगरपालिका–३ का २२ वर्षीय अभिषेक चौधरीको उनले बन्चरो प्रहार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चौधरीकोे शव बुधबार विहान ६ बजे कनपा –३ एकान्तटोल नजिकै सुरुङा खोलाको बाँस घारीमा फेला परेको थियो ।

चौधरीलाई टल्केले बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका टल्केले अभिषेक चौधरीको हत्या आफैँले गरेको स्वीकार गरिसकेका छन् ।

मंगलवार राती अभिषेक र टल्के बिच भेट भएको थियो । अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्याएपछि टल्केलाई खान दिन्न भनेपछि उनले घरबाट बञ्चरो ल्याई प्रहार गरेको प्रहरीको भनाई छ ।

घटना मंगलबार राति करिब ९ः३० बजे भएको प्रहरीको भनाइ छ । भुँइमा बसेर लागुऔषध बनाइरहेका चौधरीलाई पछाडिबाट राजवंशीले बञ्चरो प्रहार गरेका थिए ।

घटनाको सूचना प्राउनासाथ बिर्तामोड प्रहरीले दिनभरमा हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।
अभियुक्तले घटनामा प्रयोग गरेको एक थान बन्चरो रगतले लत्पतिएको एक थान सर्ट पेन्ट र चप्पल समेत प्रहरीले सार्वजनिक गरेको छ ।

अभियुक्त राजवंशीलाई कर्तब्य ज्यान अन्र्तगत मुद्दा चलाइने बिर्तामोड प्रहरी प्रमुख मुकुन्द रिजालले बताए ।

मनपरे शेयर गरौ ! 

Related post