• October 29, 2020

बिर्तामोड नगरपालिका कार्तिक २ गतेदेखि ६ गतेसम्म बन्द

 बिर्तामोड नगरपालिका कार्तिक २ गतेदेखि ६ गतेसम्म बन्द
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरपालिकाले कोभिड–१९ रोकथाम नियन्त्रण तथा उपचारलाई मध्यनजर गरि सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा कार्तिक २ गतेदेखि ६ गतेसम्म बन्द गरेको छ ।

नगरपालिकामा आज बसेको बैठकले नगरपालिका र नगरपालिकाका सम्पूर्ण वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

बैठकले बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने नगद लिने तथा दिने सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरका अत्यावश्यक सेवा बाहेक बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने निर्णय गरेको नगरपालिकाले दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड नगर्न सकेसम्म आ–आफ्नो परिवार भित्रमा मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ ।

त्यस्तै, चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रम जस्ता भिडभाड हुने कार्य नगर्ने सुचित गरेको छ । ।

दशैंको बेलामा नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजामा सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधिमा न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

नगरपालिकाले विजयादशमीको अवसरमा टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई एकाघर भित्र सिमित राख्ने, टीका ग्रहण गर्दा जेष्ठ नागरिक, विरामी र बालबालिकाहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न आग्रह गर्ने ,

नगरवासीलाई बजारमा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दे सबै व्यवसायी/व्यापारी तथा नागरिकले नेपाल सरकारद्वारा तोकिएको यातायात तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम, गोष्ठी, राजनीतिक दलका सम्मेलन हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।

। साथै नगरपालिकाले बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने सेवालाई सुरक्षित र व्यवस्थित गरी स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी प्रदान गर्ने व्यवस्था मिलाउन सबैलाई आग्रह गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post