• October 29, 2020

संजिवनीको साधारणसभा सम्पन्न

 संजिवनीको साधारणसभा सम्पन्न
मनपरे शेयर गरौ ! 


झापा / संजिवनी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष यामकुमार चुँडालको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले गरेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष चुँडालले संस्थाको प्रतिवेदनमाथि सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

गत असोज ५ गतेदेखि २० गतेसम्म एक हजार १९३ जना शेयर सदस्यले वार्षिक प्रतिवेदन बुझेर लगेका मध्ये केही सदस्यहरुले लिखित सुझाव दिएको अध्यक्ष चुँडालले जानकारी दिए ।

संस्थाले आफ्ना सदस्यहरुलाई ७ प्रतिशत शेयर लाभांश र ३ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले संजिवनीले सहकारीको क्षेत्रमा राम्रो प्रगति गरेको बताए ।

जिल्लामा दर्ता भएका ९०० भन्दा बढी सहकारीहरु र क्रियाशील ७०० हाराहारी सहकारीमध्ये संजिवनीले सदस्यलाई प्रवाह गरेको वित्तीय सेवा प्रभावकारी रहेको उनले बताए ।

सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको साधारणसभा समारोहमा संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले स्वागत गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post