• October 29, 2020

असई मृत फेला , हवल्दार बेपत्ता

 असई मृत फेला , हवल्दार बेपत्ता
मनपरे शेयर गरौ ! 

झापा / कैलालीमा गस्तीमा खटिएका एक जना असई मृत फेला परेका छन् ।

कैलालीकै मोहना नदीमा उनको शव फेला परेको हो । उनीसँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।

जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परेको हो ।

हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।

उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरुले बताएका छन् ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post