• October 29, 2020

अस्पतालमा बेड नपाएर कोरोना संक्रमितको मृत्यु

 अस्पतालमा बेड नपाएर कोरोना संक्रमितको मृत्यु
मनपरे शेयर गरौ ! 


बुटवल / बुटवलमा एक कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड नपाएर मृत्यु भएको छ ।

गम्भीर अवस्थामा अस्पताल पु¥याइएका एक पुरुषको बेड नपाउँदा उपचार अभावमा मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ती पुरुषलाई शनिबार प्रादेशिक अस्पताल र कोभिड विशेष अस्पताल लगिएको थियो ।

तर दुवै अस्पतालमा बेड नपाएपछि उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले आइसियू कक्ष भरिभराउ भएपछि नयाँ आउने संक्रमितको उपचारमा समस्या भइरहेको बताए ।

बिरामीका एक आफन्तका अनुसार बेड खाली हुने आशामा अस्पतालमै रहेका बेला उनको मृत्यु भएको हो ।

मनपरे शेयर गरौ ! 

Related post