हत्या गरि पानीमा गाडेकोअवस्थामा प्रहरी जवान साउदको शव फेला

धनगढी / धनगढीको जुगेडा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउँदको शव भेटिएको छ ।
उनको शव भेटिएको ठाउँनजिकै पेस्तोल पनि फेला परेको प्रहरी अधिकारीले जनाएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार विकको शव भेटिएको ठाउँबाट दुई सय मिटर उत्तरपश्चिममा जवान साउँदको शव भेटिएको थियो ।
शवनजिकै विकले बोक्ने गरेको पेस्तोल भेटिएको सिंहले बताए ।
भेटिएको उक्त चाइनिज पेस्तोल प्रहरी सहायक निरीक्षक गोविन्द विकले बोकेका थिए ।
उनको शव गाडेको अवस्थामा फेला परेको थियो । प्रहरीले पक्राउ परेका एक व्यक्तिको बयानका आधारमा जवानको शव भेटिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
साउँदको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ । पेस्तोलको फरेन्सिक जाँच हुने प्रहरीको भनाई छ ।
धनगढी उपमहानगरपालिका–१२ स्थित प्रहरी चौकी जुगेडामा कार्यरत विक र साउदलाई तस्करको समूहले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
असई विक र जवान साउँदलाई उस्तै प्रकृतिले हत्या गरिएको देखिएको छ । साउँदको पनि घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।
प्रहरीले हत्यामा संलग्न केहीलाई पक्राउ गरिसकेको बताएको छ ।