• November 25, 2020

लुम्बिनी प्रदेश सरकारले कोरोनाका बिरामीको उपचार निःशुल्क गर्ने

 लुम्बिनी प्रदेश सरकारले कोरोनाका बिरामीको उपचार निःशुल्क गर्ने
मनपरे शेयर गरौ ! 


रुपन्देही / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेर आलोचित भइरहेका बेला लुम्बिनी प्रदेश सरकारले कोरोनाका बिरामीको उपचार निःशुल्क गर्ने बताएको छ ।

लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क नै गर्ने प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुक मार्फत जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निःशुल्क गर्ने जानकारी दिए ।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सरकारको आलोचना भइरहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले पनि प्रदेशका चारवटै अस्पतालमा संक्रमितको उपचार निःशुल्क नै भएको बताएका छन् ।

संघीय सरकारले सोमबारदेखि गरिब विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमित बिरामीको शुल्क लिने बताएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post