• November 25, 2020

हल्दिबारीका स्वास्थ्य प्रमुखलाई कोरोना संक्रमण

 हल्दिबारीका स्वास्थ्य प्रमुखलाई कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


झापा / हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीसँगै अर्का एक महिला स्वास्थकर्मी पनि आज कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएपछि स्वास्थ्य शाखा प्रमुख निरौला होम आइसोलेसनमा बसेका छन् भने सहकर्मी महिला स्वास्थकर्मी समेत होम आइसोलेसनमा बसेको बताइएको छ ।

हल्दिवारी गाउँपालिकामा स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।
निरौलाले आज सामाजिक संजाल फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा भएकालाई सूरक्षित रहन आग्रह गरेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post