• November 25, 2020

बिर्तामोडमा कोभिड–१९ अस्पताल सञ्चालनमा

 बिर्तामोडमा कोभिड–१९ अस्पताल सञ्चालनमा
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकामा आजबाट कोभिड अस्पताल सञ्चालन भएको छ ।

नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आज बिहान कोभिड–१९ अस्पतालको उद्घाटन गरेका हुन् ।

सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्देशन पालना गर्दै बिर्तामोड नगरपालिकाले ५ वेडको आइसोलेसन सहितको अस्पताल सञ्चालनमा ल्याएको नगरस्तरीय कोभिड १९ व्यवस्थापन तथा नियन्त्रण समितिका संयोजक ओम खड्काले बताए ।

अस्पतालमा एकजना डाक्टर र २ जना नर्स सहितको चिकित्सक टिमले चौबिसै घण्टा सेवा प्रदान गर्ने छ ।

अस्पतालमा कोरोना संक्रमणका कारण उच्च जोखिममा रहेकाहरुलाई राखेर उपचार गराउने बताइएको छ ।

बिर्तामोडमा नगरमा हालसम्म १४७ जना संक्रमित भएका छन् । त्यसमध्ये ९३ जना होम आसोलेसनमा ३ जना नगरले निर्माण गरेको आइसोलेसनमा र ३ जना अस्पतालमा उपचारत रहेको खड्काले जानकारी दिए ।

विर्तामोडमा हाल सम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

मनपरे शेयर गरौ ! 

Related post