• November 25, 2020

निर्णायक वार्ता गर्ने भन्दै प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा

 निर्णायक वार्ता गर्ने भन्दै प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा
मनपरे शेयर गरौ ! 

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीचको विवादका कारण पार्टी फुट्नेसम्मको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्न भन्दै केहीबेरअघि प्रचण्ड बालुवाटार पुगेको स्रोतको भनाइ छ ।

यसअघि हिजो बुधबार नै दुई अध्यक्षबीच भेटवार्ताको तयारी भए पनि पार्टी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण भेटवार्ता रद्द भएको थियो ।

पछिल्लो समय दुई अध्यक्षबीच सम्वाद नै टुटेको अवस्था र पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको चर्चा भइरहेका बेला भएको अध्यक्षद्धयको आजको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post