• November 25, 2020

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफल बिना निश्कर्ष टुगिंयो

 प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफल बिना निश्कर्ष टुगिंयो
मनपरे शेयर गरौ ! 


काठमाडौँ / सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिए पनि वार्ता बिना निश्कर्ष सकिएको छ ।

करिब ३ घण्टा लामो उनीहरुबीचको छलफलमा दुवै पक्षले पुरानै अडान राखेपछि छलफल सहमति नभइ सकिएको स्रोतले जनाएको छ ।

पछिल्लो समय पार्टीमा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसम्मका विषयमा छलफल भएपनि सहमति नबनेको स्रोतले जनाएको छ ।

पार्टी एकता नै धरापमा परेको बताउँदै नेताहरुले नेतृत्वलाई मिल्नका लागि दवाव पनि दिइरहेका भएपनि हालसम्म कुनै सहमति हुन सकेको छैन ।

मनपरे शेयर गरौ ! 

Related post