• November 25, 2020

झापामा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

 झापामा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापामा आज कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार उपचाररत संत्र,मित मध्ये आज ४ जनाको ज्यान गएको हो ।

१३ स्थानीय तहमा ५२ जना महिला र २३ जना पुरुषसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा एकजना महिलासहित ४ जना रहेका छन् ।

कचनकवल ६ का ६८ वर्षीया महिलाको होम आइसुलेसनमा, हल्दिबारी ४ का ७० वर्षीय पुरुष, गौरादह ५ का २६ वर्षीय पुरुष र मेचीनगर २ का ८६ वर्षीय पुरुषको नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

झापामा हालसम्म २ हजार ७२४ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भएको छ ।

मनपरे शेयर गरौ ! 

Related post