• November 25, 2020

अन्त्य भयो हल्दीबारी गाउँपालिकाको विवाद

 अन्त्य भयो हल्दीबारी गाउँपालिकाको विवाद
मनपरे शेयर गरौ ! 


झापा / हल्दीबारी गाउँपालिकामा जारी विवाद समाधान भएको छ । गाउँपालिकाको सभाहलमा आज बिहान बसेको विशेष गाउँसभा बैठकले जारी विवाद अन्त्य गरेको हो ।

असार १० गते भएको सातौँ गाउँसभामा विवाद भएपछि सभाले पूर्णता पाएको थिएन । आजबाट हल्दीबारी गाउँपालिकाको सातौं गाउँसभाको विवाद समाधान भएको छ ।

बैठकले सातौं गाउँसभाबाट पारित निर्णयहरु, ०७७/०७८ को नीति तथा कार्यक्रम, बजेट र सोसँग सम्बन्धित आर्थिक ऐन २०७७ र बिनियोजन ऐन, २०७७ सर्वसम्मत पारित गरेको छ ।

त्यस्तै, बैठकले विभिन्न मितिमा भएको निर्णय, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्च, ठेक्का सम्झौता बमोजिम कार्यसम्पादन भएका योजनाहरुको भूक्तानी रकम, स्वास्थ्यकर्मी लगायत कर्मचारी तथा शिक्षकले पाउने तलव, कार्यालय सञ्चालन खर्च तथा विभिन्न समयमा भएका निर्णयबाट भूक्तानी भएका खर्चहरु सर्बसम्मत अनुमोदन गरेको छ ।

यसअघि विवाद समाधानका लागि अध्यक्ष र उपाध्यक्ष दुवै पक्षका जिल्ला स्तरीय नेतृत्व सहित पटक÷पटक छलफल भएता पनि जनप्रतिनिधिहरुको बीचमा कुनै सहमति हुन सकेको थिएन ।

विवाद समाधान गर्दै सभा समापन गर्न साउन २६ गते दोस्रो पटक गाउँसभाको बैठक डाकिएको थियो । सो सभामा विवाद समाधान हुन नसकेपछि गाउँपालिकाको समस्या यथावत थियो ।

त्यस पश्चात् बोलाइएको गाउँ कार्यपालिकाको बैठकले कार्तिक २७ गतेका लागि विशेष सभा आयोजना गर्ने निर्णय गरेको थियोे ।

कार्यपालिका बैठकले सभामा पेश गर्ने कार्यसूचीको विषयमा समेत टुंगो लगाएको थियोे ।

सोही बमोजिम विवाद समाधानका लागि कार्तिक २७ गते विशेष सभा बोलाइयो र विशेष सभाले हल्दिबारीको जारी गतिरोध समाधान गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post