• September 29, 2020

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक घाइते

 मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक घाइते
मनपरे शेयर गरौ ! 

झापा / लकडाउनको समयमा शिक्षकले कुदाएको मोटरसाइकलको ठक्करबाट शुक्रबार साँझ मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा एक सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १८ प ६२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र बेस क्याम्प लक्ष्मीमार्गमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक चेतन बाह्रकोटी घाइते भएका थिए ।

उनको बितामोडको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । बाह्रकोटीको दाहिने कुमको जोर्नी खुस्किएको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post