• August 4, 2021

बिर्तामोड नगर उपप्रमुख प्रसाईलाई कोरोना संक्रमण

 बिर्तामोड नगर उपप्रमुख प्रसाईलाई कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोड नगरउपप्रमुख पवित्रा महतारा प्रसाईलाई कोरोना संक्रमण भएको छ ।

प्रसाईलाई मंगलबार संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमणभएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन् ।

होम आइसोलेसनमा बसेको ५ दिनपछि परीक्षण गर्दा उनमा पोजिटिभ देखिएको हो । उनलाई ज्वरो आउने, टाउको र घाटी दुख्ने जस्ता लक्षण देखिएको बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post