गत चौबिस घण्टामा देशभर १ हजार ९४८ जनामा कोरोना संक्रमण

झापा / गत २४ घण्टामा देशभर १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३ हजार १४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए ।
यससँगै कोरोनाबाट निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर गर्नेको संख्या १६ लाख ९० हजार ५०९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३८९ पुगेको छ ।