• September 25, 2021

राप्रपाले मंसीर २० गते झापामा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा विशाल मोटरसाइकल र्याली गर्ने

 राप्रपाले मंसीर २० गते झापामा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा विशाल मोटरसाइकल र्याली गर्ने
मनपरे शेयर गरौ ! 


बिर्तामोड / राष्ट्रिय पजातन्त्र पार्टी झापाले मंसिर २० गते राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा जनदवाब सृर्जना गर्न विशाल मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ ।

स्वस्फूर्त रूपमा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भईरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउँदै झापामा पनि मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने राप्रपा झापाले निर्णय गरेको झापा क्षेत्र नं ३ का सघीय सांसद राजेन्द्र लिङदेनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका छन् ।

सांसद् लिङद्नका अनुसार राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजिविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्यालीको आयोजना गर्न लागिएको हो ।

सांसद लिङदेनले र्यालीमा समान विचार राख्ने सबै व्यक्ति, संगठन र पार्टीलाई राष्ट्रिय झण्डा, आ–आफ्नो संस्था, संगठन र पार्टीको झण्डासहित सहभागी हुन हार्दिक अपिल गरेका छन् ।

र्याली व्यवस्थापनको लागि राप्रपा झापाले ध्रुव उप्रती संयोजक र राजकुमार राइको सह–संयोजकत्वमा रयाली परिचालन समिति गठन गरेको छ ।

जिल्ला अध्यक्ष अम्बर विष्ट संयोजक रहेको निर्देशन परिचालन समिति, उपाध्यक्ष कमल खरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र मिडिया नेपालका झापा अध्यक्ष रंजित प्रसाईको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरीएको छ ।

मोटर तथा मोटरसाइकल र्याली काँकडभिट्टादेखि शुरु भई दमकसम्म पुग्ने जनाइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post