• September 27, 2021

नेपालमा कोरोना भाइरस संक्रमणबाट १ हजार ४३५ जनाको मृत्यु

 नेपालमा कोरोना भाइरस संक्रमणबाट १ हजार ४३५ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

अघिल्लो दिन बिहीबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो । यो सँगै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार ४६० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २३६ जना संक्रमित निको भएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ छ ।

मनपरे शेयर गरौ ! 

Related post