• June 18, 2021

दुई वर्षदेखि पार्टीलाई लेबी नतिर्ने नेकपा (माओबादी केन्द्र) का कुन कुन नेता परे कारबाहीमा ?

 दुई वर्षदेखि पार्टीलाई लेबी नतिर्ने नेकपा (माओबादी केन्द्र) का कुन कुन नेता परे कारबाहीमा ?
मनपरे शेयर गरौ ! 


झापा / नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को मंसिर ८ देखि १० गतेसम्म काठमाण्डौंमा बसेको बैठकले पार्टी अध्यक्षको जिम्मेवारी पुन: गोपाल किरातीलाई दिएको छ ।

नेकपा (माओबादी केन्द्र) ले पार्टीभित्र सढ्यन्त्र गरि नेतृत्व हत्याउन खोज्ने र २ वर्षसम्म पार्टीलाई लेबि पनि नतिरी नेता बन्ने चरित्र हाबी भएको भन्दै पार्टीका ६ देखि ७ जना नेतालाई निश्काशन गरेको स्रोतले जनाएको छ ।

माओबादी केन्द्रको छैठौँ केन्द्रीय समिति बैठकले ७ जना नेतालाई कारबाही गरि पदपुर्ति र कार्य बिभाजन गरेको छ । कारबाहीमा पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।

कारबाहीमा परेको समूहले पुर्नगठित नेकपा माओबादी केन्द्र नामक अर्को पार्टी जन्माउने भन्दै सोही दिन अर्को भेला गरेको स्रोतले बताएको छ ।

बैठकले पार्टीको अध्यक्ष गोपाल किराती, उपाध्यक्ष बिनोद उपाध्याय, महासचिव राजन तिम्सिना, सचिवद्वय आलोक रायमाझी र बिमल निरौलालाई जिम्मेवारी दिएको छ ।

त्यस्तै केन्द्रीय समिति र राजनीतिक परिषदमा सदस्य थप गरि ११ सदस्यीय स्थाई समिति निर्माण गरिएको छ ।

त्यस्तै, सो पार्टीको पूर्वि कमाण्ड इन्चार्जमा बिमल निरौला, प्रदेश १ इन्चार्ज नरेन्द्र कटुवाल, प्रदेश २ इन्चार्ज / संयोजकमा बब्लु ठाकुर, मध्यकमाण्डमा राजन तिम्सिना इन्चार्ज र प्रदेश तीनमा मेघहादुर खत्री, प्रदेश ४ कमाण्ड कार्यालयले हेर्ने गरि जिम्मेवारी तोकेको बताइएको छ ।

पश्चिमि कमाण्डको इन्चार्ज आलोकलाई दिइएको छ भने प्रदेश ५ को इन्चार्ज अविन गोतामे चुनिएका छन् । त्यस्तै, प्रदेश ७ को जिम्मेवारी कैलाश आउजी र प्रदेश ६ को जिम्मा कार्यालयले लिने बताइएको छ ।

बैठकपछि पार्टीले बसेर देशभर सर्कुलर जारी गर्दै एमसीसी, भारतीय भूमि अतिक्रमण, इण्डो अमेरिकन आतंक बिरुद्ध जनप्रतिरोधी आन्दोलन शसक्त बनाउने, बर्तमान सरकारको शसक्त बिरोध गर्ने, देशभक्त समाजबादी आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।

गोपाल किरातीको नेतृत्वमा रहेको माओबादी केन्द्रमा नेकपा माले, नेकपा माओबादी ‘बिप्लव’ लगायत २१ वटा दलको कार्यगत एकता रहेको छ

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग