• June 18, 2021

प्रचण्ड र माधव बाहेक अरु तयार रहुन सेकेन्डमा राजिनामा दिन्छु : ओली

 प्रचण्ड र माधव बाहेक अरु तयार रहुन सेकेन्डमा राजिनामा दिन्छु : ओली
मनपरे शेयर गरौ ! 

काठमाण्डौ / प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यागको सिलसिला आजैबाट सुरू गर्न तयार रहेको बताए।

उनले आफूले पेश गरको दस्तावेजलाई जिम्मेवारी हस्ताक्षरको लिखत बनाउन तयार रहेको समेत बताएका छन् ।

‘म आज खुला आह्वान गर्न चाहन्छु, त्यागको यो सिलसिला आजै सुरू गरौं। बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँं,’ प्रधानमन्त्री ओलीले जवाफी प्रस्तावमा भनेका छन्, ‘म यही दस्तावेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु। के तपाईं तयार हो ? प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई राजनीतिक प्रस्तावन नभनी आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको अभियोग पत्र समेत भनेका छन् । 

महाधिवेशनमा निर्वचानबाट नेतृत्व चयन गर्न तपाईं तयार हो ? 

प्रधानमन्त्री ओलीले महाधिवेशनबाट निर्वाचनका आधारमा नेतृत्व चयना गर्नका लागि आफू तयार रहेको बताएका छन्। प्रचण्डले आफूले पायक परेको हिसाब गरेर अल्पमत र बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गरेको समेत ओलीको आरोप छ।

‘आज तपाईंले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ। आफ्ना सहयोद्धा कमरेडहरूको भावना होइन, टाउका गन्न थाल्नु भएको छ,’ उनले भनेका छन्, ‘कित्ताकाट गर्न थाल्नु भएको छ।

सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एक जना भए पनि बढी सङ्ख्या छ। बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ? 

बहमुतको विधि अवलम्बन गर्ने हो भने एकताको आधार फेरेर विधान संशोधन गर्न समेत ओलीले सुझाएका छन्। ‘मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिस्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ।

महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिस्पर्धाका आधारमा  चयन गर्न तपाईँ तयार होरु म त तयारै छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्। भदौ २६ को सहमतिमा प्रतिबद्ध छ  प्रधानमन्त्री ओलीले आफू भदौ २६ गतेको सहमतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

‘भदौ २६ को उक्त सहमतिप्रति म आज पनि उतिकै प्रतिबद्ध छु। मैले त्यसमा प्रयोग भएको एउटा शब्दप्रति मात्रै ध्यानाकर्षण गराएको हुँ, जुन गम्भीर र मुलुकको संवैधानिक प्रबन्धसँग सम्बन्धित छ,’ उनले भनेका छन्,

‘राज्यको नीति निर्माण, मुख्य राजनीतिक नियुक्ति र सरकार सञ्चालनका नीतिगत पक्षहरूमा पार्टी नेताहरूको परामर्श आवश्यक छ भन्ने कुरामा म स्पष्ट छु। तर प्रत्येक नियुक्ति, मन्त्रिपरिषदका प्रत्येक निर्णय या गठन(पुनर्गठनमा सहमति नै खोज्ने कुरा भने सम्भव छैन।’ 

माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति किन भंग गरेको 

प्रधानमन्त्री ओलीले पेश गरेको जवाफी दस्तावेजनमा माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति उल्लंघन गरेको आरोप लगाएका छन्। पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालीन नेकपा माओवादीले माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति गरेर धोका दिएको समेत प्रधानमन्त्री ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

‘पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा देखा परेको तत्कालीन नेकपा ९माओवादी० लाई संविधान निर्माणको अगुवाइ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियो ।

‘छोरीका लागि मतपत्र च्यात्न लगाउनुभयो’

प्रधानमन्त्री ओलीले आफ्नो जवाफी प्रस्तावमा २०७४ को स्थानीय निर्वाचनमा प्रचण्डले छोरीलाई जिताउन मतपत्र च्यात्न लगाएको उल्लेख गरेका छन्। २०७४ को निर्वाचनमा मतपत्र गन्ने क्रममा तत्कालीन माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको एउटा वडामा पुनःनिर्वाचन भएको थियो। निर्वचापछि प्रचण्डकी छोरी रेणु दाहालले तत्कालीन एमाले उमेदवार देवी ज्ञवालीलाई हराएकी थिइन्।

‘दोस्रो संविधानसभामा कमजोर बनेको जातीय(क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा लगभग निस्तेज भयो। अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनुपर्ने ठाउँमा तपाईंलाई पुर्‍यायो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली काङ्ग्रेससँगको गठबन्धनमा गासिँदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक सम्भावनाको खोजी गर्ने ।

संघीय समाजवादीले नमानेपछि मात्रै प्रधानमन्त्री नबन्नुभएको हो’ 

प्रधानमन्त्री ओलीले तत्कालीन संघीय समाजवादी पार्टीले नमानेका कारणले मात्रै प्रचण्ड प्रधानमन्त्री नभएको आरोप लगाएका छन्। २०७४ को निर्वचानको मत परिणाम सार्वजनिक गर्न ढिलाइ गर्दा समेत प्रचण्ड मौन बसेको प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘प्रचण्डको प्रतिवेदनलाई खारेज गरौं

प्रधानमन्त्री ओलीले प्रचण्डले पेश गरेको प्रस्तावलाई अस्वीकार गर्न समेत आग्रह गरेका छन्। विचारमा, सङ्गठनमा, आचरणमा र आदर्शमा कुनै विचलन आउन नदिने समेत उनले प्रतिबद्धता जनाएका छन्।

‘कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउनु भएका आरोपहरूको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीमा बिग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ।’ प्रहार न्यूजबाट

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग