• January 18, 2021

झापा नाटक घर निर्माणमा सहयोग गर्न इन्द्रेणी परिवारको आह्वान

 झापा नाटक घर निर्माणमा सहयोग गर्न इन्द्रेणी परिवारको आह्वान
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापाको बिर्तामोड– १ देबी पञ्चकन्या उत्तरमा निर्माणाधीन अवस्थामा रहेको बहुजातीय बहुभाषी बहुसाँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणका लागि इन्द्रेणी परिवारले निर्माण स्थलमै एक कार्यक्रम गर्दै अन्तराष्ट्रिय स्तरसम्म सहयोगका लागि आह्वान गरेको छ ।

इन्द्रेणी बिकास संस्थाका व्यवस्थापन समिति सदस्य ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा क्षेत्र न.२ कि संघिय सांसद पबित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा सांसद बिमला बिक, प्रदेश सांसद एकराज कार्की ,बिर्तामोड नगरपालिकाका उपमेयर पबित्रा महतारा प्रसाई, बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत गणेश दहाल , सामाजिक अभियन्ता राजकुमार पोखरेल ,बिर्तामोड वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नं.– २ का अध्यक्ष नगेन्द्रप्रसाद संगौला, वडा न ३ का अध्यक्ष भोजराज सिटौला ,वडा न ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, साँस्कृतिक अभियन्ता मोहन बिक, बिर्तामोड उद्योग बाणिज्य संघ उपाध्यक्ष पार्वता खरेल बिमली, नेपाल अलैंची बिकास संस्थाका केन्द्रीय महासचिव सुभाष भट्टराई , संस्थाका अध्यक्ष कृष्ण कडेल समुहका सल्लाहकार ओम बमली, डिल्लीराम सिटौला लगायतको उपस्थिति रहेको थियो ।

समुहका केन्द्रीय अध्यक्ष तथा अभियन्ता माधब कल्पित को शब्द रचना र गोबिन्द रहपाल को संगितमा क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकार द्वारा स्वागत गान प्रस्तुत गरिएको कार्यक्रममा नौमति बाजा, च्याब्रुङ, नेवारी संस्कृति तथा सरगम संगितालय झापाका कलाकारको समाबेशी प्रस्तुति रहेको थियो ।

बिषेशत गन्धर्ब पेशा र बहुुजातिय पहिचानलाइ उजागर गर्दै झापा नाटक घर निर्माणका लागि सहयोग जुटाउने उद्देश्य बोकेर आएको इन्द्रेणी परिवारले मेरो टोपी ,रेङ्के बुङ्को राँगोलाई लगायतका गित प्रस्तुत गरेको थियो ।

केन्द्रीय कलाकार कृष्ण कडेल, राजेश घतानि, छत्र शाहि, मनमाया बाइबा, कृष्ण बजगाइ ,अच्युत दाहाल लगायतका कलाकारको उत्कृष्ट प्रस्तुति मा कार्यक्रम सम्पन्न भएको हो ।

अभियन्ता तथा केन्द्रीय अध्यक्ष माधव कल्पितले कार्यक्रम को औेचित्य माथि प्रकाश पार्दै संचालन गरेको उक्त साँगितिक कार्यक्रममा सांसद पबित्रा निरौला खरेल , बिमला बिक ,एकराज कार्की र संयोजक ज्ञानुराम प्रसाइले झापा नाटक घर निर्माण आफ्नो पहिलो एजेन्डा रहेको बताए ।

नाटक घर आफ्नै कार्य कालमा सम्पन्न गर्न आफुहरु समेत लागेकोमा इन्द्रेणी परिवारले निर्माण स्थलमै आएर देखाएको सहयोेग र सद्भभाव प्रती सबैले धन्यवाद व्यक्त गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post