• July 31, 2021

काँकरभिट्टा नाका खोल्नुपर्ने माग गर्दै प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

 काँकरभिट्टा नाका खोल्नुपर्ने माग गर्दै प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप
मनपरे शेयर गरौ ! 


काँकरभिट्टा / सर्लाहीमा भारतसँग जोडिएको बन्द सीमा नाका खोल्न माग गर्दै विरोध भएपछि आज पूर्वी नाका काँकरभिट्टा पनि खुल्ला गर्नु पर्ने माग गर्दै प्रदर्शन भएको छ ।

नाका खोल्न पर्ने माग गर्दै काँकरभिट्टामा शान्तिपूर्ण प्रदर्शन भएको हो । स्थानीय होटल, पर्यटन व्यवसायी र स्थानीयबासीले आज गरेको प्रदर्शन र धर्नामा बसेका सहभागीलाई प्रहरीले हस्तक्षेप गरेको छ ।

बन्द नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टास्थित मेचीपुल, बसपार्क लगायत बजारमा जुलुस प्रदर्शन भएको थियो ।

प्रदर्शपछि सहभागिले बीच सडकमा धर्ना दिएका थिए । प्रदर्शन र धर्नामा बसेकालाई काँकरभिट्टा प्रहरीले हस्तक्षेप गरेको थियो ।

शान्तिपूर्ण धर्नामा बसेका सहभागीलाई प्रहरीले हातपात गर्दै हस्तक्षेप गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।

सहभागीले शान्तिपूर्ण जुलुस र धर्नामा प्रहरीको हस्तक्षेप निन्दनीय भएको भन्दै भत्सर्ना गरेका छन् । सहभागीले नाका नखुले झन कडा आन्दोलन गर्ने बताएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post