• May 12, 2021

सांसद रेशम चौधरी र लक्ष्मण थारुलाई जन्म कैदको फैसला

 सांसद रेशम चौधरी र लक्ष्मण थारुलाई जन्म कैदको फैसला
मनपरे शेयर गरौ ! 


डोटी / उच्च अदालत दिपायल राजपुरले सांसद रेशम चौधरी र लक्ष्मण थारुलाई जन्म कैदको फैसला सुनाएको छ ।

बिहीबार उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सातलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यस अघि गरेको आदेश सदर गरेको हो ।

अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यस अघि घटनाका अर्का दोषी लक्ष्मण थारुलाई भने जिल्ला अदालत कैलाली धरौटीमा छोडेको थियो ।

कैलालीको टिकापुरमा थारुहटको माग गर्दै बिसं २०७२ साल भदौँ ७ गते निकालिएको जुलुसमा झडप हुँदा एक जना प्रहरी वरिष्ठ उपरीक्षक तथा सात जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

सोे घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीले गरेको जन्म कैदकै निर्णय सदर गरेको हो ।

उच्च अदालतले प्रतिवादीहरुमध्ये रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदिप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत जना ७ को हकमा जन्म कैद हुने फैसला गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post