• July 31, 2021

ओलीले धोका दिएकाले नयाँ समिकरण बन्यो –माधव नेपाल

 ओलीले धोका दिएकाले नयाँ समिकरण बन्यो –माधव नेपाल
मनपरे शेयर गरौ ! 


काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने भएकाले पार्टीमा नयाँ समिकरण बनेको बताएका छन् ।

शुक्रबार पेरिसडाडाँमा प्रदेश १ का आफू निकट नेताहरुको भेलामा नेपालले ओलीको बोलीको विश्वास नै नहुने अवस्था आएको बताए ।

पहिले आफूलाई अपमान गर्ने काम गरेको ओलीले पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसै गरेको नेपालको भनाइ थियो ।

ओलीले पार्टीका पूर्वप्रमुख र पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुलाई धोका दिने र अपमान गर्ने प्रवृत्तिले पार्टीमा समस्या देखा परेको बताए ।

उनले भेला गुटको नभई ओलीले धोका दिएका धोका पाउने र अपमानित हुनेहरुको समिकरण भएको बताए ।

उनले पार्टीलाई कुनै हालतमा विभाजन हुन नदिने पनि दोहोर्याए ।
नेकपाभित्रको आन्तरिक कलह चर्किदै जाँदा दुई पक्षको गुट भेला बढेको छ ।

शुक्रबार पेरिसडाडाँमा प्रचण्ड र नेपाल पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको भेला पेरिसडाडाँमा राखिएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post