काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले विगठनको सिफारिस गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बिहान ९ ः ४५ बजे मन्त्रीपरिषदको आकस्मिक बैठक डाकी ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याएका थिए ।
प्रधानमन्त्रीको यो कदमको पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध सुरु भएको छ ।
विगतमा २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिए तापनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन ।