काठमाण्डौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन् ।
संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाख २९ गते चुनाव गर्ने मिति तय गरेका छन् ।
निर्वाचनको मिति तोकिएको भए पनि आधिकारिक मिति सार्वजनिक नभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार वैशाख २३ र २९ चुनाव गर्नेबारे छलफल भएको थियो ।