• January 18, 2021

ओलीइतर समूहका मन्त्रीहरूले राजीनामा दिनुपर्छ –झलनाथ खनाल

 ओलीइतर समूहका मन्त्रीहरूले राजीनामा दिनुपर्छ –झलनाथ खनाल
मनपरे शेयर गरौ ! 


काठमाण्डौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहमा रहेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।

केही मन्त्रीहरूको प्रतिबादका बाबजुद् प्रधानमन्त्री ओलीले आइतबार बिहानको मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिस गरेको भन्दै नेता खनालले मन्त्रीहरुले राजिनामा दिनु पर्ने बताए ।

‘प्रचण्डपक्ष र हाम्रा पक्षका मन्त्रीहरूले तुरून्तै राजीनामा दिएर आउनुपर्छ । त्यहाँ बसेर काम छैन,’ खनालले भने ।

यसअघि बिहान बालुवाटारमा बसेको बैठक ओली पक्षधर मन्त्री प्रदीप ज्ञवालीसहित मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुषाल र योगेश भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिवाद गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post