बिना मगरसहित पाँचमन्त्री राजिनामा दिने तयारीमा

काठमाडौं / संसद विघटनको सिफारिसको विरोध गर्दै वर्तमान मन्त्रिपरिषदका ५ सदस्यले सामूहिक राजीनामा दिने भएका छन् ।
पूर्वमाओवादी खेमामार्फत मन्त्री बनेका ५ जनाले सामूिहक राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।
उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।